टोपबहादुर रायमाझी निलम्बित

<span class='c1'>टोपबहादुर रायमाझी</span> <span class='c2'>निलम्बित</span>

काठमाडौँ । नेकपा(एमाले)ले पार्टी सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ ।

नक्कली भूटानी शरणार्थी प्रकरणमा भइरहेकाे अनुसन्धानमा सहयोग पुर्‍याउनका लागि कानुनी कारबाहीको अन्तिम टुङ्गो नलागेसम्म उहाँलाई पदबाट निलम्बन गरिएको महासचिव शङ्कर पोखरेलद्वारा जारी प्रेस वक्तव्यमार्फत जानकारी दिइएको छ ।

उक्त प्रकरणमा सचिव रायमाझीलाई अनुसन्धानका लागि पक्राउ पुर्जी जारी गरिएको विषयमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको जानकारी गराउँदै महासचिव पोखरेलले भन्नुभएको छ, “हामी विधिको शासनमा विश्वास गर्दछौँ ।”

पक्राउ पुर्जी जारी हुनासाथ राज्यका अनुसन्धान निकायमा उपस्थिति भएर विधिवतरुपमा आफ्नो यथार्थ स्पष्ट पार्न भनिएका पार्टी नेतृत्वलाई दिएको विश्वास विपरीत उहाँ सम्बन्धित निकायमा उपस्थित नभएको विषयलाई पार्टीले गम्भीरतापूर्वक लिँदै अविलम्बन सम्बन्धित निकायमा उपस्थित भई अनुसन्धानमा सहयोग गर्न निर्देशन गरेको जनाएको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्