ग्रामथान सवारी दुर्घटना अपडेट : स्कुटी चालकको मृत्यु

ग्रामथान सवारी दुर्घटना अपडेट : स्कुटी चालकको मृत्यु

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ६ नेताचोकमा टिफरको ठक्करबाट स्कुटीमा सवार एक जनाको मृत्यु भएको छ ।

बा. प्र. ०३–००१ ख ७४०२ नम्बरको टिपरको ठक्करबाट प्रदेश १ – ०५ –००१ प ३८६० नम्बरको स्कुटीमा सवार उदयपुर त्रिवेणी नगरपालिका ६ का ४५ वर्षीया चन्द्रकान्त काफ्लेको बुधबार घटनास्थलमै मृत्यु भएको हो ।

विराटचोकबाट विराटनगरतर्फ आउँदै स्कुटर चालक काफलेलाई सोही दिशातर्फ आईरहेकोको टिपरले ठक्कर दिएको प्रहरीले जनाएको छ । ओभर स्पिट आएको टिपरले ठक्कर दिएर घटनास्थलमै स्कुटीका चालकको मृत्यु भएको मोरङ ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सुनिल श्रेष्ठले जानकारी दिए । टिपर चालक फरार रहेका छन् । उनको खोजी कार्य तिव्र बनाएको प्रहरीले जनाएको छ ।
टिपरको ठक्करबाट मृत्यु भएको काफ्लेको दाहिने खुटटा टुटेको छ । मृतक काफ्लेको शवलाई अहिले पोष्टमार्टको लागी कोशी अस्पताल ल्याइएको छ ।

घिनाघाट–विराटचोक खडक खण्डमा यसअघि पनि टिपरको ठक्करबाट थुप्रैको मृत्यु भइसकेको छ । खुल्ला सडक भएकोले तिव्र गतिमा टिपर गुडाउने भएकोेले यस सडकमा दुर्घटना बढी हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्