विराटनगरमा यो शुक्रबार जि-बब आउदै

विराटनगरमा यो शुक्रबार जि-बब आउदै

विराटनगर । अल नेपाल ठग्स फेमिली ‘एनटीएफ’ले आयोजना गरेको ‘र्‍याप ब्याटल ’ बाट एक्कासी चर्चामा आएका जी- बब नामले लोकप्रिय बनेका र्‍यापर सुदिप भण्डारी विराटनगर शुक्रबार साँझ आउने भएका छन्।

पुस्पलाल चोकस्थित ड्रिम गार्डनमा डिजाइन बैकको आयोजनामा बैशाख २९ गते शुक्रबार ४ बजेदेखि राति ११:३० बजेसम्म हुने 'समर वेट फेस्ट भोल्युम ३' कार्यक्रममा र्‍यापर जी- बबले आफ्नो साङ्गीतिक प्रस्तुती दिने आयोजकले जनाएको छ।

समर वेटमा डिजे नानी ,डिजे निहान,सविन राई एण्ड द फेरोह व्याण,सविन भुजेल र र्यापर जीबबको प्रस्तुति साथै डान्स,म्युजिक,रेन डान्स ड्रिंक,फुड र स्वीमिङ्गको मनोरन्जन लिन सकिने आयोजकले जनाएको छ ।

विराटनगरवासीलाई गर्मीमा मनोरन्जन प्रदान गराउने उदेश्यका साथ समर वेटको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्