साउथ एशियन टेबल टेनिस च्याम्पियनसिप : विराटनगरका बाँनिया र धरानका तामाङले प्रतिस्पर्धा गर्ने

साउथ एशियन टेबल टेनिस च्याम्पियनसिप : विराटनगरका बाँनिया र धरानका तामाङले प्रतिस्पर्धा गर्ने

विराटनगर । भारतमा आयोजना हुने साउथ एशियन टेबल टेनिस च्याम्पियनसिपमा विराटनगरका विश्व बाँनिया र धरानका सिद्धार्थ तामाङले प्रतिस्पर्धा गर्ने भएका छन्।

भारतको अरुनाचल प्रदेशको राजधानी इटानगरमा हुने प्रतियोगितामा विराटनगरका विश्व बाँनिया र धरानका सिद्धार्थ तामाङले प्रतिस्पर्धा गर्ने भएका हुन्।

यही वैशाख ३१ गतेदेखि जेठ १३ गतेसम्म हुने टेबल टेनिस फेडेरेसन अफ इण्डियाको आयोजनामा हुने साउथ एशियन युथ टेबल टेनिस च्याम्पियनसिप-२०२३ मा बाँनिया र तामाङले प्रतिस्पर्धामा सहभागीता जनाउने भएका छन् ।

बाँनियालाई सफलताको शुभकामना दिँदै विराटनगर-३ स्थित स्टेलर टेबल टेनिस ट्रेनिङ सेन्टरका प्रशिक्षक बिकेन थापा तथा अन्य सदस्यहरुले भारु १०,०००/- (दश हजार) र सेन्टरको टि-सर्ट प्रदान गरि बिहिबार आयोजित बिदाई कार्यक्रममा सफलताको शुभकामना दिँदै बिदाई गरे ।

विराटनगर टेबल टेनिस क्लबका अध्यक्ष समेत रहेका थापाका अनुसार कोशी प्रदेशको विराटनगरबाट विश्व बाँनियाले अन्डर-१९ तथा धरानका सिद्धार्थ तामाङले अन्डर-१५ मा नेपालबाट प्रतिनिधित्व गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्