मोरङको बुढीगंगास्थित राठी म्यानुफ्याक्चरिङ्ग उद्योगमा आगलागी, नियन्त्रणमा १२ दमकल

मोरङको बुढीगंगास्थित राठी म्यानुफ्याक्चरिङ्ग उद्योगमा आगलागी,  नियन्त्रणमा १२ दमकल

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकामा रहेको एक उद्योगमा गएरातीदेखी भीषण आगलागी भएको छ । बूढीगंगा ५ स्थित राजेन्द्रकुमार राठीले सञ्चालन गरेको राठी म्यानुफ्याक्चरिङ उद्योगमा भीषण आगलागी अहिले पनि जारी छ ।

आगलागी नियन्त्रण बाहिर रहेको र निभाउने प्रयास भइरहेको मोरङ प्रहरीले जनाएको छ । आगलागी गएराती १२ र १ बजेको समयमा भएको विराटनगर वारुणयन्त्र कार्यलयले जनाएको छ । आगलागी नियन्त्रणका लागि १२ वटा दमकल सहित ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

आगलागी नियन्त्रणका लागी विराटनगर, उर्लाबारी, रामधुनी, रंगेली, पथरी, बेलवारी, सुन्दरहरैंचा, इटहरी, आयल निगम, विराटनगर विमानस्थल लगायतका बारुणयन्त्रहरुले आगलागी नियन्त्रणमाा लिने प्रयास गरिरहेका छन् । आगलागी के कारणले भएको हो अहिले सम्म खुल्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्