वीर जन्माउने देश हो ।

वीर जन्माउने देश हो ।

-अजित कुमार यादव
मेरो देश वीर विरंगना जन्माउने देश हो
त्यसैले त विरताको निमित्त विश्वमै नाम कमाएको छ
यहा खोला गित सिकाउछँन भने झरनाले संगीत
त्यसैले त रम्घाका पाखामा भानु उदाउछन्
गोसाइकुण्डको यात्रामा देवकोटा गुन्गुनाउछन !!

मेरो देशको प्रशंसा गरेर कोही थाक्दैन ।
त्यसैले त कृष्णमन्दिर,न्याथपोल र बसन्तपुरका दरवार
सौरभका साक्षी हुन्
अमरसिहको कथा बलभद्र भिमसेन थापाको गाथाभित्र
नेपाली वीरता चमकेको छ
त्यसैले त दुर क्षितिजमा फैलाउने सिता र भृकुटी जन्मेको छ ।
मेरो देश मेरो आखाको को नानी हो ।

त्यसैले त मलाई मेरो देशमा विसंगतिहरु चिर्दै
अगाडी बढन मन लाग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्