अन्धकार अन्त्य गर्ने आश छ !!!

अन्धकार अन्त्य गर्ने आश छ !!!

विरानो अनी मौन छ
उ पर हेरन अत्यन्तै मधुरो प्रकाश
के पो छ?
अन्धकार अन्त्य गर्ने आश छ ?
ऊर्जा छ ?
साच्चिकै केही त खास छ!

लड्दै पानी अनी हावा-हुरीसँग
मन भित्र उसको नी त्रास छ
मेहनती अनी अडिक चरित्र उसको
चित्त न बुझेर निराश छ
नयाँ दिन छ उसको नयाँ स्वास छ
उसको आत्मबलमा दिव्य शक्ति को बास छ ।
कहिले शान्त अनी उ जोशिलो पनी
टीकन उ सँग अटोट हिम्मत को गास छ।

गन्त्यब पुग्नु छ सन्तुष्टी छ त्यही
पुग्न नसके संघर्षको नाश छ ।
हिम्मत हरियो!
अझै अन्धकार छ।
प्रकाश बुझियो रहेन श्वास त
सकियो सबै अब बाँकी लास छ ।
अन्धकार को विजय भयो
हार्यो प्रकाश त।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्