इन्द्रेनी

<span class='c1'>इन्द्रेनी</span> <span class='c2'></span>

तिम्रो घुम्टोमा लुकि लुकि
हराउन मन लाग्यो
खोइ को हराउदैछ
बुझ्न मन लाग्यो

तिम्रो घुम्टो छर्लङ्ग भो
लुकाउन मन लाग्यो
खोइ को उचाल्दैछ
खोज्न मन लाग्यो

तिम्रो मेहन्दि हात
हेर्न तन मन जाग्यो
खोइ को चुम्दैछ
हेर्न मन लाग्यो

तिम्रो परिवर्तन जगजाहेर भो
नदि तर्ने रहर अपुरै भो
खोइ को तर्दैछ
माझि बन्न मन लाग्यो

तिम्रो अस्पष्ठ ओठ भो
मुस्कान बिझ्ने काडो भो
खोइ को बुझ्दछ
कोहि नबुझ्ने भो

करौति को धार भो
सब्द बोलि बाण भो
खोज्दैछु
स्पन्दन भित्र
उस्को जित मेरो हार भो

संबेदनसिलता खोज्ने प्रयास भो
लाज लुकाउने प्रयास भो
खोइ को भन्दछ
यो त अतिचार भो
यो त अतिचार भो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्