विराटनगर । नेकपा एकीकृत समाजवादी पार्टीले नक्कली भुटानी शरणार्थी प्रकरणकाे दाषीलाई कारबाही गर्न माग राख्दै विराटनगरमा दबाब र्याली निकालेकाे छ।
एकीकृत समाजवादी विराटनगर महानगरले आज (शुक्रबार) नक्कली भुटानी शरणार्थी प्रकरणकाे दाषीलाई कारबाही गर्न राख्दै दबाब र्याली निकालेको हो ।

र्याली नगरकाे परिक्रमा गरि काली मन्दिर चाैकमा पुगेर काेण सभामा परिणत भएकाे थियाे। काेण सभालाई सम्बाेधन गर्दै एकीकृत समाज पार्टीका केन्द्र तथा जिल्ला तहका नेताहरुले घटनाका दाेषीलाई कारबाही गर्ने खुट्टा नकमाउन सरकारलाई आग्रह गरेका छन्।

नक्कली भुटानी शरणार्थी बनाएर तेाश्राे मुलुक पठाउने घटनाले अन्तर्राष्ट्रिय जगतमा पनि नेपालकाे छवि गिराउने काम भएकाे भन्दै काेणसभामा बाेल्ने वक्ताहरुले दाेषी जुनसुकै पार्टी तथा ओहदाकाे भएपनि कारबाहीको भागिदार हुन आवश्य रहेकाेमा जाेड दिए ।

नक्कली भुटानी शरणार्थी काण्डका सबै अपराधीलाई कडा कारबाही गर लेखिएको व्यानरसहित निकालिएको दबाब र्यालीमा एकीकृत समाजवादी पार्टीकाे कार्यकर्ताकाे सहभागी रहेकाे थियाे।