झापामा यस्तो घटना : किरिया गरिसकिएका व्यक्ति घरमा टुप्लुक्क !

<span class='c1'>झापामा यस्तो घटना : किरिया</span> <span class='c2'>गरिसकिएका व्यक्ति घरमा टुप्लुक्क !</span>

झापा । निधन भइसकेको भन्दै किरियासमेत गरिसकिएका व्यक्ति भोलिपल्ट घरमा टुप्लुक्क देखापर्दा परिवारजनलाई कस्तो अनुभव होला ? झापा हल्दीबारी-८ स्थित कार्की परिवारमा यस्तै घटना भएको छ। केहीक्षण त पत्याउनै नसकिने माहोल बन्यो। परिवारका सदस्य खुसीले रुन थाले तर किरिया गरिसकिएका सुरज कार्कीको भनिएको शव कसको थियो भन्ने यति बेला निकै रहस्यको विषय बन्न पुगेको छ।

कनकाई नगरपालिका-४, कोटीहोममा १७ दिन पहिले बेवारिसे शव फेला परेको थियो। इलाका प्रहरी कार्यालय सुरुङ्गाले मुचुल्का तयार गर्यो र शवलाई आफन्तको पहिचान नहुन्जेलसम्मका लागि शवगृह भद्रपुरमा छाडिदियो ।

सामाजिक सञ्जाल र अन्य माध्यमबाट प्रचार गरियो। आफन्तले शव राखेको चौथो दिन शवगृहबाट बुझेर ल्याई कनकाई-४ को कोटीहवन क्षेत्रमा अन्तिम संस्कार गरेका थिए । सुरजका कान्छा काका किरियामा बसे ।

आफ्नो किरिया गरिएको कुरा सामाजिक सञ्जालबाट थाहा पाएपछि किरिया सकेको भोलिपल्ट २९ वर्षीय सुरज घर आइपुगे । मङ्गलबार किरिया सकिएको थियो र सुरज बुधबार घर पुग्नुभएको थियो । सुरजले भन्नुभयो, “म घरमा पुग्दा सबैजना छक्क पर्नुभयो । खुसीले कोही रुने, कोही कराउने गर्न थाले।” गाउँलेले बिनाकर्म घरमा प्रवेश गर्न दिन हुन्न भनेर कनकाईमाईमा उनको पुनः जन्मकर्म गरिएको बहिनी विनाले बताइन् । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

तस्बिर:गोरखापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्