नेपालमा टि–२० विश्वकप एसिया छनोट प्रतियोगिता हुने

नेपालमा टि–२० विश्वकप एसिया छनोट प्रतियोगिता हुने

काठमाडौं । नेपालले टी-ट्वान्टी विश्वकप छनोटको एसिया क्षेत्रको छनोट प्रतियोगिता आयोजना गर्ने भएको छ ।

सन् २०२४ को जुनमा अमेरिका र वेस्ट इन्डिजले आयोजना गर्ने टी–२० विश्वकप क्रिकेटका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाललाई एसिया क्षेत्रको छनोट चरणको प्रतियोगिता आयोजना गर्न दिएको हो ।

नेपालले नोभेम्बरमा एसिया क्षेत्र छनोटको खेल आयोजना गर्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दका अनुसार आईसीसीले नेपाललाई एसिया क्षेत्रको छनोट चरणको प्रतियोगिताको आयोजना अधिकार दिएको छ । यसअघि पूर्वाधारका कारण नेपालले ठूला प्रतियोगिता आयोजना गर्न पाएको थिएन । एसियाको छनोटको खेल कीर्तिपुर र मुलपानी मैदानमा हुनेछ ।

एसियाको छनोटमा नेपालसहित, युएई, ओमान, हङकङ, बहराइन र सिंगापुरले प्रतिस्पर्धा गर्दै छन् । बाँकी दुई राष्ट्र छनोट चरण पार गरेर आउनेछन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । हरेक समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछ ।

फाइनल पुग्ने टोलीले सन् २०२४ को जुनमा हुने विश्वकपमा स्थान बनाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्