धरानका प्रमुख हर्क साम्पाङ विरुद्ध पत्रकारहरुको मौन जुलस

धरानका प्रमुख हर्क साम्पाङ विरुद्ध पत्रकारहरुको मौन जुलस

विराटनगर । धरानका संचारकर्मीहरुले मौन जुलस प्रदर्शन गरेका छन् ।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र रूपमा धरानका पत्रकारीताको सम्बर्धन गर्न गम्भीर बन्नका लागि सन्देश दिदैं धरानका संचारकर्मीहरुले मौन जुलुस प्रदर्शन गरेका हुन् ।

पछिल्लो समय पत्रकारहरू विरुद्ध मेयर साम्पाङको अमार्यादित, प्रेस स्वतन्त्रता विरोधी व्यवहार सच्याउन नेपाल पत्रकार महासङ्घ सुनसरीले आन्दोलन थालेको छ। सोही अनुसार आन्दोलनको  छैठौ दिनमा मौन जुलुस आयोजना गरिएको सुनसरी महासंघका अध्यक्ष जनक ऋषिले जानकारी दिए ।


उनका अनुसार भानुचौकबाट सुरु भएको मौन जुलुस धरान उपमहानगरपालिकाको प्रवेशद्वारमा पुगर कोषसभामा परिणत भएको थियो ।
पछिल्लो केही दिनदेखि यता मेयर साम्पाङले प्रेस स्वतन्त्रता र स्वतन्त्र पत्रकारीतालाई अमर्यादित भाषामा गाली गलौच गर्न नरोकिएपछि पत्रकारहरू आन्दोलनमा उत्रिएका हुन् ।

स्थानीय सरकार प्रमुख र तीनका सर्मथकहरुले प्रेस स्वतन्त्रतामाथि धावा बोलेको र नागरिकहरुको आवाजलाई नै दमन गरेको कारण पत्रकारीताको रक्षाको लागि धरानमा मौन जुलुस निकालीएको नेपाल पत्रकार महासंघ सुनसरीका पुर्वअध्यक्ष हर्ष सुब्बाले बताए ।

नेपाल पत्रकार महासंघ सुनसरीले मंगलबार धरानका पूर्व नगर प्रमुखहरुसंग अन्तरक्रिया कार्यक्रम समेत गरिने सुनसरी महासंघले जनाएको छ।

तस्बिर : भरतराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्