मोरङबाट मोटरसाइकल चोरीमा संलग्न ५ जना पक्राउ

मोरङबाट मोटरसाइकल चोरीमा संलग्न ५ जना पक्राउ

विराटनगर । मोरङका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

को ३० प ७६९२ नम्बरको आर १५, को २५ प १३२६ नम्बरको पल्सर, को ३७ प १३२३ नम्बरको ग्ल्यामर मोटरसाईकल चोरीमा संलग्न व्यक्तिहरु पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

पक्राउ पर्नेमा मोरङ कटहरी गाउँपालिका-६ बस्ने वर्ष १९ को प्रकास सरदार,मोरङ धनपालथान गाउँपालिका-५ बस्ने वर्ष २० को दिपेश कुमार सरदार, मोरङ धनपालथान गाउँपालिका-६ बस्ने वर्ष २१ को विजय सहनी,मोरङ धनपालथान गाउँपालिका-६ बस्ने वर्ष २५ को जितेन कुमार राय र मोरङ विराटनगर महानगरपालिका-८ बस्ने वर्ष २० को रोहित चौधरी छन् ।

पक्राउ परेका उनीहरुको सम्बन्धमा जिल्ला अदालतबाट चोरी कसूरमा सात दिन म्याद थप भएको डिएसपी रंजनकुमार दाहालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्