ईटहरीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु ,१ घाईते

ईटहरीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु ,१ घाईते

सुनसरी । सुनसरीको ईटहरी उपमहानगरपालिका-१७ सिप्रदी स्थित पूर्व-पश्चिम राजमार्गमा स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् ।

आईतबार साँझ सवा ६ बजेको समयमा पश्चिमबाट पूर्वतर्फ जादै गरेको मे.११ प.३५३६ नम्बरको स्कुटर अनियन्त्रीत भई लबिपुर खोलाको पुलको रेलिङमा ठक्कर खाई दुर्घटना हुँदा घाईते भएकी स्कुटर चालक ईटहरी ७ की २० बर्षीया यलिसा मगरको उपचारको क्रममा बिराट टिचिङ अस्पतालमा मृत्यु भएको हो।

पछाडी सवार ईटहरी ५ की २२ बर्षीया सुस्मिता चौधरीको विराट नर्सिङहोम विराटनगरमा उपचार भई रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्