दक्षिण एसियाली युथ टेबल टेनिसमा नेपाललाई स्वर्ण

<span class='c1'>दक्षिण एसियाली युथ टेबल</span> <span class='c2'>टेनिसमा नेपाललाई स्वर्ण</span>

काठमाडौँ । नेपालले दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसीपमा सोमबार स्वर्ण पदक जितेको छ ।

नेपालले यु–१९ छात्र टिम स्पर्धामा स्वर्ण जितेको टिम प्रशिक्षक सञ्जय अर्यालले जानकारी दिनुभयो ।

भारतको अरुणाचल प्रदेशस्थित इटानगरमा भएको उक्त प्रतियोगितामा नेपालले राउन्ड रोविन लिगमा सर्वाधिक अङ्क बटुल्दै स्वर्ण जितेको हो । सो स्पर्धामा नेपालसहित चार राष्ट्रले प्रतिस्पर्धा गरेका थिए ।

नेपालले बङ्गलादेशलाई ३–० तथा माल्दिभ्सलाई ३–२ ले पराजित गरेको थियो । श्रीलङ्कासँग भने नेपाल ३–१ ले चुक्यो । नेपालबाट सुजल गडाल, विश्व बानियाँ, विशाल गोले र सिद्धार्थ तामाङले प्रतिस्पर्धा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्