यात्री पि वान सिरिज बिक्री भएको एक वर्षपछि पहिलो यात्री बाइक दर्ता

<span class='c1'>यात्री पि वान सिरिज बिक्री भएको</span> <span class='c2'>एक वर्षपछि पहिलो यात्री बाइक दर्ता</span>

काठमाडौं । नेपालको पहिलो विद्युतीय बाइक यात्री पि वान सिरिज बिक्री भएको ठिक एक वर्षपछि पहिलो यात्री बाइक दर्ता भएको छ।

गत वर्षको १५ मेमा यात्री मोटरसाइकलले पहिलो पी–१ बाइक ग्राहकलाई बिक्री गरेको थियो, संयोगले त्यसको एक वर्षपछि १५ मे मै यात्रीको पी–१ मोटरसाइकल नेपालमा उत्पति भएको पहिलो सवारीका रुपमा दर्ता भएको हो ।

यातायात व्यवस्था कार्यालय, गुर्जुधारा (मोटरसाइकल)मा पी–१को ‘बाग्मती प्रदेश ०२ बा ४३ प ८६५० नम्बर’को पी–१ बाइकले पूर्ण रुपमा नेपालमा उत्पादित पहिलो सवारीका रुपमा दर्ता भएको यात्री मोटरसाइकलले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएको छ ।

यसअघि नेपालमा उत्पादित सवारीको दर्ता व्यवस्था नहुँदा यात्रीले बजार विस्तार गर्न सकेको थिएन । कम्पनीले ६ महिनादेखि उत्पादन कार्य नै बन्द गरेको थियो । विभागका अनुसार १४ वैशाखमा निर्देशिका संशोधनम गरी नेपालमै बनेका सवारी दर्ता गर्न कानुनी बाधा फुकाएपछि यात्रीले मूल्य अभिवृद्धि कर भ्याट बिल, अन्तःशुल्क निकासी फारमका आधारमा बाइक दर्ता हुन पाएको हो ।

लामो बहस र दबाबपछि यातायात व्यवस्था विभागले गत वैशाखमा विद्यमान यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० संसोधन गरेपछि यात्रीलगायत अन्य स्वदेशी सवारी निर्माता कम्पनीका लागि दर्ताको अवसर खुलेको हाे ।

नयाँ व्यवस्था कार्यान्वयनमा आएपछि यात्रीले पहिलो पटक आफ्नो बाइक दर्ता गरेको हो । कम्पनीले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै यात्री पी-१ बाइक दर्ता भएको जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्