अस्पतालको शै्यामा छट्पटाई रहेको छ अभाव

अस्पतालको शै्यामा छट्पटाई रहेको छ अभाव

रबिन्द्र बराल
रंगेली । मोरङको रंगेली नगरपालिका ६ स्थित पिपल चोकमा बसोबास गर्ने ३६ बर्षकी प्रमिला ताजपुरीया बिगत २ महिनादेखि जीवन र मरणको संघर्ष गरिरहेकी छन । उनको पेटमा पानी जम्ने समस्या देखिएको छ । प्रमिला अहिले रंगेली अस्पतालको शौयाम छट्पटी रहेकी छन ।
घरको आर्थिक अवस्था कमजोर भएको कारणले गर्दे उनको उपचार हुन सकेको छैन । उनको दाहिने हात समेत जन्मजातै चल्दैन । दुई महिना देखि उनको स्वास्थ्य अवस्था बिग्रिएपछि अहिले अस्पतालमा छिन् ।
श्रीमान् समेत गाउँ घरमा सामान्य जनमजदुरी गरेर परिवार पालनपोषण गर्दे आईरहेका छन् । श्रीमतीलाई राम्रो ठाउँमा लगेर उपचार गराउन श्रीमान्ले सकेका छैनन् । प्रमिलाको १२ बर्ष, ९ बर्ष ,६ बर्ष र १ बर्षका ४ जना छोरी छन् । उनिहरुको पालनपोणमा पनि अन्यन्त्रको भर रहेको छ ।
प्रमिलाको बुबा मंगल लाल ताजपुरीया को केही बर्ष अगाडि नै मृत्युु भए पछि अहिले उनी आमासँगै छिन् । उनको पेट बाट दैनिकी पानी निकाल्नु पर्ने भएको कारणले अस्पतालमै राखेर उपचार भईरहेको छ । रंगेली अस्पतालले अन्यत्र उपचारका लागि लैजान रेफर दिन चाहेको छ । आर्थिक अभावका कारण उनी त्यहाँबाट बाहिर निस्किन नसकेकी हुन् । रंगेली अस्पतालले उनको उपचारमा लाग्ने खर्च निःशुल्क गरेता पनि उनको थप उपचारका लागि अन्यत्र लैजानु पर्ने अस्पतालका मेसु अरुण भट्टराईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्