तीन दिनदेखि सम्पर्क बिहिन पूर्ण सुहाङ अझै भेटिएनन्

तीन दिनदेखि सम्पर्क बिहिन पूर्ण सुहाङ अझै भेटिएनन्

विराटनगर । तीन दिनदेखि सम्पर्क बिहिन रहेका पूर्ण सुहाङ अझै फेला परेको छैन ।

एलभि कमाण्डर समेत रहेका झापा बुद्धशान्तिका सुहाङ बैशाख ३१ गते आइतबारदेखि सम्पर्क बिहिन छन् । रातको १२ बजे उनको घरमा आएको केही समूहले लछारपछार गरेर लगिएको र सम्पर्क विहिन बनाइएको परिवारको आरोप छ । बुद्धशान्ति ४ मा रहेको टिमाई खोलाको झोलुङ्गे पुलमा उनको बेवारिसे अवस्थामा चाविसहित मोटरसाइकल भेटिएको र सो स्थानभन्दा किरब ५ सय मिटरको दुरीमा टिसर्ट, घडी भेटिएको स्थानीयले जनाएको छ । तर, अहिलेसम्म मान्छे भने फेला पर्न सकेको छैन ।

भएको के थियो ?

भ्रष्टाचार विरुद्ध लेखिएको स्टाटस नै उनी बेपत्ता हुनुको कारण रहेको सुहाङका नजिकका साथी अवि चेम्जोङ बताउछन् । सुहाङले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘सम्मनित व्यक्तित्वहरु प्रति मेरो स्पष्टीकरण !

आज बुद्धशान्तिको बुधबारेमा भएको भ्रष्टाचार बिरुद्धको सांकेतिक आन्दोलनमा मेरो पुण समर्थन छ । मैले प्रयोग गरेका भाषाहरुमा विभिन्न कारणले नेपाल विद्यार्थी संगठन र तरुण दल बुद्धशान्ति प्रति पुग्न गएको असर प्रति क्षमाप्रार्थी छु ।
मैले भन्न खोजेको के थियो भने ! भ्रष्टाचार , अनयमितता , घुसखोरि र कमिसनखोरहरुको बिरुद्धमा बोल्दा हामि आतंकबादी हुन्छौँ भने हामि आतंककारी बन्न तयार छौँ भनेको हो भ्रष्टाचारको बिरुद्धमा बोल्दा आतंककारी बनिन्छ भने त्यो हामिलाई स्विकार्यछ भनेको हो ...!!
फेरिपनि : आजको भ्रष्टाचारको विरुद्धको सांकेतिक आन्दोलनमा हाम्रो समर्थन र एक्यवद्धता छ ।’

उनले सामाजिक सञ्जालमा लेखेको स्टाटस नै उनी बेपत्ता हुनुको कारण रहेको बताउदै चोम्जोङले दरुणदलको युवासंघले बेपत्ता पारेको दाबी गरे ।
‘अहिलेसम्म उहाँ बेपत्ता हुनुहन्छ, ३८ घण्टा भइसक्यो उहाँलाई बेपत्ता बनाइएको,’ उनले भने,‘बुद्धशान्ति भ्रष्टाचारको विरुद्धमा स्टाटस लेखिएको कारण नै फोन गरेर धम्कि दिएको थियो रे । ’

राती आएका ती युवाहरुले सुहाङको बुवाआमालाई नै धम्कि दिएको समेत उनले बताए । ‘तरुणदलका साथीहरुले राती आएर बुवामाआलाई नै छोरा कहाँ छ ? निकाल भनेर भनेका रहेछन्,’ उनले सुहाङका बुवाआमालाई उदृत गर्दै सुनाए?‘बाइकमा आएको चारजना युवाहरुले घरमा राखिएको समाग्रीहरु समेत फालेर लगरेका रहेछन् । ’

अनुसन्धानमा छ : प्रहरी
यता, इलाका प्रहरी धुलाबारीका प्रमुख प्रहरी निरिक्षक अनिल माबोहाङले घटनामा संलग्न रहेकालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताए । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब निरिक्षक खगेन्द्रप्रसाद रिजालले पूणर् सुहाङसँग विवाद भएका ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको र उनीसँगै हिँड्ने एकजना व्यक्तिलाई पनि सोधिखोजी भइरहेको बताए । ‘ उहाँको को सँग विवाद भएको थियो हामीले ४ जनालाई ल्याएर अनुसन्धान गरेका छौँ, उहाँसँगै हिँड्ने एकजना हुनुहुदोरहेछ उहाँलाई पनि सोध्दै छौँ,’ डिएसपी खरेलले भने,‘ अहिले अनुसन्धानकोक्रममा छ ।’ उनले घटनाको विषयमा खोजिकार्य, परिपत्र गर्ने र थप अनुसन्धान गर्ने कार्य भइरहेको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्