मुख्य न्यायाधिवक्ताको वार्षिक प्रतिवेदन प्रस्तुत

मुख्य न्यायाधिवक्ताको वार्षिक प्रतिवेदन प्रस्तुत

विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङसमक्ष प्रदेशका मुख्य न्यायाधिवक्ता गजेन्द्र आचार्यले आर्थिक वर्ष २०७८-७९ वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।

प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित कार्यक्रममा प्रदेश प्रमुख खापुङले उक्त प्रतिवेदन ग्रहण गर्दै नेपालको संविधान एवम् प्रचलित ऐन कानुनले तोकेबमोजिम काम, कर्तव्यहरु कार्यालयले सफलतापूर्वक सम्पन्न भएको छ भन्ने विश्वास लिएको बताउनुभयो ।

उहाँले दरबन्दीअनुसार कर्मचारीको अभाव भए पनि मेहनतका साथ कार्य सम्पादन भएकामा खुसी व्यक्त गर्नुभयो ।

मुख्य न्यायाधिवक्ता आचार्यले कार्यालयले कानुनबमोजिम कार्य सञ्चालन, प्रदेशउपर दायर मुद्दामा प्रतिरक्षा र सरकारलाई कानुनी परामर्श दिने काम गर्दै आएको जानकारी गराउनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्