कोशी प्रदेश : अझै संसदीय समिति गठन गर्ने टुंगो छैन

कोशी प्रदेश : अझै संसदीय समिति गठन गर्ने टुंगो छैन

विराटनगर । कोशी प्रदेशसभाले अझै संसदीय समिति गठन गर्ने टुंगो छैन । त्यसो त संसद संचालन नियमावली मस्यौला समितिले प्रदेशसभामा मस्यौदा बुझाई सकेको छ । तर प्रदेशसभाको अधिवेशन गत चैत २९ गते अन्त्य भएपछि सो नियमावली पास हुन पाएन । जसले गर्दा संसदीय समितिको गठन प्रक्रिया पनि प्रारम्भ हुन सकेको छैन ।

संसद नियमावली प्रदेशसभाबाट पास भएपछि समिति निर्माण प्रक्रिया सुरु हुने र केही दिनमा गठन भइसक्ने नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारी बताउँछन् । उनले अधिवेशन आव्हान भएपछि अन्य दलसँग पनि छलफल गरेर सर्वसम्मत समितिको नेतृत्व छनौट गर्न प्रयास गरिने बताए ।
नेपाली काँग्रेसका प्रमुख सचेतक भुपेन्द्र राईले सरकारले संसदको अधिवेशन अन्त्य गर्दा पनि प्रतिपक्षी दललाई नसोधेकोमा असन्तुष्टि जनाए ।
उनले जनताको आवाज बुलन्द गर्ने थलो संसदको अधिवेशन तत्काल बोलाउनु पर्नेमा जोड दिए ।

सरकार बन्ने विषय भनेको प्राविधिक विषय रहेको बताउदै उनले त्यसैलाई देखाएर संसद बन्द गरेर जनप्रतिनिधिको मुख बन्द गर्नु नहुने बताए ।
माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले संसदको अधिवेशन आव्हान गर्ने विषय सरकार र मुख्यमन्त्रीको विषय भएको बताए ।
गत फागुन १७ गते बसेको प्रदेशसभाको बैठकले प्रदेशको नाम कोशी नामाकरण गरेकोसँगै स्थगित रहेको प्रदेशसभा बैठक त्यसपछि प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।

२०७९ साल चैत २९ गते बुधबारदेखि प्रदेश सभाको प्रथम अधिवेशन अन्त्य भएको थियो । पहिचान पक्षधरहरुको दबाब र विरोध प्रदर्शनका कारण बैठक बस्न सकेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्