यातायात कार्यालय इटहरीबाट एक अधिकृतसहित २२ जना बिचौलिया पक्राउ

यातायात कार्यालय इटहरीबाट एक अधिकृतसहित २२ जना बिचौलिया पक्राउ

इटहरी । सुनसरीको इटहरीस्थित कोशी अञ्चल यातायात व्यवस्था कार्यालय अन्तर्गत सवारी दर्ता कार्यालयबाट प्रहरीले एक जना अधिकृत सहित २२ जना बिचौलीयालाई पक्राउ गरेको छ ।

सेवालिन आएका सेवाग्राहीहरूबाट अनाहक रकम असुली गरेको र कार्यालय बाहिर भिड जम्मा गरी होहल्ला गरेको अभियोगमा प्रहरीले २२ जना बिचौलीयालाइ नियन्त्रणमा लिइएको हो ।

उनीहरूले कार्यालय अगाडी आमसर्वसधारण हिड्ने पेटीमा पसल नै राखेर सरकारी छापदेखि सहिसम्म किर्ते गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका अधिकृत लेखापढी व्यवसायी रहेको र २२ जनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्