कोशी प्रदेश सांसदका लागि ९३ थान ल्यापटप खरिद गर्न एक करोड ५० लाख

<span class='c1'>कोशी प्रदेश सांसदका लागि ९३ थान ल्यापटप</span> <span class='c2'>खरिद गर्न एक करोड ५० लाख</span>

विराटनगर । कोशी प्रदेश सांसदहरुका लागि प्रदेशभा सचिवालयले ल्यापटप खरिद गर्ने पक्रिया अगाडि बढाएको छ । ल्याटप बाड्नका लागि प्रदेश सरकारले एककरोड ५० लाख बजेट दिएपछि सचिवालयले खरिद प्रक्रिया अगाडि बढाएको हो ।

९३ जना प्रदेशसभा सदस्यहरुलाई प्रदेशसभा सचिवालयले नयाँ ल्यापटप बाड्ने तयारी गरिएको हो । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अन्य शीर्षकबाट रकामान्तर गरेर ल्यापट खरिदका लागि बजेट उपलब्ध गराए पछि सचिवालयले ल्यापटप खरिद प्रकिया अगाडि बढाएको हो ।
त्यसो त विकास निर्माणका काममा भने बजेट नभएको प्रदेश सरकारले भुक्तानी रोकेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालय पनि सम्हालिरहेका मुख्यमन्त्री कार्कीको निर्देशनपछि ल्यापटप खरिदका लागि विकास बजेट रकामान्तर गरिएको आर्थिक मामिला मन्त्रालय स्रोतले जनाएको छ ।

सांसदलाई उपलब्ध गराउनका लागि एक सय वटा ल्यापटप खरिद प्रकिया अगाडि बढेको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले बताए ।
प्रदेशसभासका सबै सांसदहरु ल्यापटप चलाउन जान्ने छैनन् ।ल्यापटप बाडेपछि सांसदहरुलाई चलाउनका लागि तालिम पनि दिने उनले बताए ।
सांसदलाई बैठकको जानकारी, कार्यसूची र वेधयकका बारेमा जानकारी दिनका लागि ल्यापटपबाड्न लागिएको उनले बताए । अघिल्लो पटक प्रदेशसभा सचिवालयले सांसदहरुलाई ल्यापटप बाडेको थिएन् ।

यता, नेकपा माओवादी केन्द्रका ससदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले विकास निर्माणका आयोजनाको कामको भुक्तानी हुन नसकिरहेको बेला सांसदलाई ल्यापटप उपलब्ध गराउनु गलत भएको बताए । उनी आफूले प्रदेशसभा सचिवालयले बाडने ल्यापटपनलिने बताए । उनले आफू आर्थिक मामिला मन्त्री भएका बेला पटक–पटक ल्यापटप खरिद गर्ने प्रस्ताव आएको पनि त्यसलाई रोकेको बातए । ल्यापटप वितरण रोक्दा विरोध समेत भएको बताउदै उनले प्रदेश सांसदहरु आफै ल्यापटप खरिद गर्न सक्षम रहेको प्रष्ट पारे ।

प्रदेश सांरचनाको विरोध भइरहेका बेला विरोधीपक्षलाई बल पुग्नेगरी ल्यापटप खरिद प्रक्रिया अगाडि बढाउनु गलत भएको उनको भनाई छ । संघीयतालाई बदनाम गराउन रचिएको खेल भएको नेपाली काँग्रेसका सांसद केदार कार्की बताउछन् ।

पूर्व कानुनमन्त्री समेत रहेका कार्कीले ल्यापटको विषयले सांसदहरुलाई बदनाम नगराउदा राम्रो हुने समते बताए । उनले सांसदलाई बदनाम गराउनका लागि रचिएको योजना रहेको र मोबाइलमा नै सबै प्रकारका सुविधा रहेको बताउदै ,’उनले भने,‘ ल्यापटप बाड्यो भने म चाहिँ लिन्न् ।’
संघियता विरोधी पक्षलाई बल पुग्नेगरी ल्यापटप खरिद प्रकियामा नीतिगत भ्रष्टाचारगर्न खोजिएको उनको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्