मोरङको गोठगाँउमा प्रदेश प्रहरी तालिम केन्द्रको प्रशिक्षार्थी ब्यारेक भवन शिलन्यास

मोरङको गोठगाँउमा प्रदेश प्रहरी तालिम केन्द्रको प्रशिक्षार्थी ब्यारेक भवन शिलन्यास

विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिका–९ गोठगाउँ स्थित रहेको कोशी प्रदेश प्रहरी तालिम केन्द्र परिसरमा प्रशिक्षार्थी प्रहरी ब्यारेक भवनको शिलान्यास भएको छ ।

कोशी प्रदेश प्रहरी तालिम केन्द्रले आयोजना गरेको कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले प्रशिक्षार्थी ब्यारेक भवनको शिलान्यास गरेका हुन् ।

नेपाल सरकारको १६ करोड ८० लाख ४३ हजार ९ सय ६० रुपैया ४३ पैसाको नियमित बजेटबाट निर्माण हुन लागेको ब्यारेक भवनमा ३ सय जना प्रशिक्षार्थी अट्ने गरी ३ तलाको बन्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्