लामो समयदेखी खानेपानीको अभाव हुँदा दुहबीवासीलाई समस्या

लामो समयदेखी खानेपानीको अभाव हुँदा दुहबीवासीलाई समस्या

विराटनगर । सुनसरीको दुहबीमा लामो समयदेखी खानेपानीको अभाव हुँदा दुहबीवासीलाई समस्या हुदै आएको छ ।

लामो समयदेखीको डिप बोरिङ गरिएको पाईप परिवर्तन नगरेका कारण पानीको मुहानबाट पानी आउन छाडेपछी स्थानियलाई खानेपानीको समस्या हुन थाले हो । लामो समयदेखी घरमा जडान गरिएका धारामा पानी नआएपछि खानेपानीको चरम अभाव हुनुका साथै दैनिक प्रयोजनका लागी समस्या हुदै आएको दुहवी ६ का स्थानिय प्रविन अग्रहरीले बताए । दुहबी खानेपानी उपभोक्ता समितिले पनि यस विषयमा ध्यान नदिदा स्थानीयवासीले लामो समयदेखी सास्थी खेप्दै आउनुपरेको अवस्था छ ।

स्थानीय गीता विश्वास भन्छिन् : पानीको अभाव हुँदा घरको दैनिकी कामकाज गर्न साह्रै समस्या हुदै आएको छ । उनले, भनिन् खाना पकाउनेदेखी, नुहाउन– कपडा धुन समस्या हुदै आएको छ पानी आईहाले पनि फोहोर पानी आउछ ।’

दुहबीमा हाल ३ हजार बढी खानेपानीका सदस्य छन् । दुहबी खानेपानी मुल उपभोक्ता समितिका अध्यक्ष तेज नारायण रौनियारले भने, अहिलेको सुख्खा मौसमले गर्दा पानीको मुहान सुकेका कारण पनि पानी बोरिङ नभएकाले दुहबीमा खानेपानीको अभाव भएको हो ।’

दुहबीमा हाल २ वटा बोरिङबाट पानी वितरण भईरहेको छ । लामो समयदेखी गाडीएको बोरिङको लेवल पनि बस्दै गएका कारण पानी तान्न छाडिएको रोनियारले बताए । अबको केही समयमा पुन:अर्को एक बोरिङ थपेर पानीको लागी सहज बनाउने अध्यक्ष रोनियारको भनाई छ । उनी भन्छन्, दुहबीमा खानेपानीको उत्पादन भन्दा बढी घर घरमा धारा जडान हुनु ,उत्पादन भन्दा बढी पानीको खपत हुनु, हरेक उपभोक्ताले मटर जडान गरी पानी तानेका कारण पनि समस्या आएको हुन सक्ने रोनियारको दावी छ । दुहबीमा हाल ४ वटा बोरिङ छ तर २ वटा विग्रीएका कारण पनि दुहबीवासीलाई खानेपानीको अभाव हुदै आएको छ ।

खानेपानीको समस्यालाई विशेष ध्यानमा राखेर खानेपानीको समस्या समाधान गर्ने दुहबी नगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्