माओवादी र जसपालाई प्रदेश सरकार छोड्न काँग्रेसको आग्रह

माओवादी र जसपालाई प्रदेश सरकार छोड्न काँग्रेसको आग्रह

विराटनगर । नेपाली काँग्रेस संसदीय दलको बैठकले एमाले नेतृत्वमा रहेको माओवादी र जसपालाई प्रदेश सरकारबाट बाहिरिन आग्रह गर्ने निर्णय गरेको छ ।

आज (बिहिबार) बसेको काँग्रेसको संसदिय दलको बैठकले सरकारमा रहेको माओवादी केन्द्र र जसपालाई सरकार छोड्न पत्र पठाउने निर्णय भएका काँग्रेसका सांसद भीम पराजुली जानकारी दिए ।

उनका अनुसार बैठकले पछिल्लो समय प्रदेशको नामको विषयमा आन्दोलनरत पहिचान पक्षलाई बार्तामा बोलाउन सरकारलाई आग्रह गर्ने निर्णय समेत भएको छ । आन्दोलनरत पक्ष पनि सम्यमित हुन काँग्रेसको आग्रह रहेको पराजुलीले बताए ।

यस्तै बजेट निर्माणको विषयमा सरकारलाई सुझाव दिनका लागि केदार कार्कीको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको समेत उनले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्