एनएमबि बैंकद्धारा झापाको कमल नगर अस्पताललाई आर्थिक सहयोग

एनएमबि बैंकद्धारा झापाको कमल नगर अस्पताललाई आर्थिक सहयोग

झापा । एनएमबि बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अर्न्तगत कमल गाउँपालिकाको श्री कमल नगर अस्पतालमा
एक लाख ८० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।

उक्त सहयोग त्यस अस्पतालमा बिरामी कुरुवा घर प्रतिक्षालय निर्माण गर्नको लागि हस्तान्तरण गरिएको एनएमबी बैंकले जनाएको छ ।

उक्त कार्यक्रममा बैंकको तर्फबाट कोशी प्रदेश प्रमुख सन्तोष कुमार बुढाथोकी , केर्खा शाखा प्रमुख चित्र बहादुर न्यौपानै साथै केर्खा शाखाको कर्मचारीहरुको समेतको उपस्थिति रहेको थियो ।
साथै कमल गाउँपालिकाका तर्फबाट गाउँपालिका प्रमुख हुकुम सीं राई र कमल नगर अस्पतालको तर्फबाट अस्पताल प्रमुख टिका राज बर्देवा ,मेडिकल डाइरेक्टर डा. पुलक चन्द्र लावती,साथै स्वास्थकर्मी लक्ष्मण भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

एनएमबि बैंक विगत २६ वर्ष देखि अनवरत रुपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आइरहेको, नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजतपत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्