खेलकुद विकास बोर्डका सदस्य सचिव वाग्लेलाई नहटाउन उच्च अदालतको आदेश

खेलकुद विकास बोर्डका सदस्य सचिव वाग्लेलाई नहटाउन उच्च अदालतको आदेश

विराटनगर । खेलकुद विकास बोर्ड कोशीका सदस्य सचिव हंशराज वाग्लेलाई हटाउने निर्णय तत्काल कार्यन्वयन नगर्न उच्च अदालत विराटनगरलेअन्तरिम आदेश दिएको छ ।

कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले वाग्लेलाई गत बुधबार बर्खास्त गर्ने निर्णय गरेको थियो । निर्णयविरुद्ध वाग्ले अदालत गएका थिए ।

उनले दायर गरेको रिटमा उच्च अदालतका न्यायाधीश कमलकृष्ण अधिकारीको इजलासले सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो ।
सदस्य सचिव वाग्लेलाई हटाउन सामाजिक विकास मन्त्रालयले दुई पटक स्पष्टीकरण सोधेको थियो ।

वैशाख १४ गतेदेखि १६ गतेसम्म झापाको दमकमा आयोजित प्रथम मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको ब्यानरमा आयोजकको रूपमा कोशी प्रदेशको नाम उल्लेख नगरेको भन्दै मन्त्रालयले वैशाख १७ गते पहिलो र २९ गते दोस्रो स्पष्टीकरण मागेको थियो ।

वाग्ले विरुद्ध राष्ट्रिय खेलकुदमा सहभागी खेलाडीले प्रयोग गर्ने ट्रयाक सुट तथा अन्य सामाग्री खरिदमा भ्रष्टाचार गरेको आरोप समेत छ । उनी विरुद्ध अख्तियारमा उजुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्