कर्णाली

कर्णाली

-अभिषेक गौतम
यता नाम्लो लगाइ डोको माथी
मर्नै लागेको एक शरीर
निकाल्दैछन सहर तिर ,
उता
गिद्धरु माथीबाट मृतक सम्झी
नियाल्दैछन डोको तिर ।

यता
साल अड्किएर ज्यान जान्छ
उता गिद्धहरु रमाउछन,

यता लास नभेटिदा
उता गिद्दहरु भोकाउछन ।

यता लास छोप्ने कात्रो किन्न
बाहिरिएका छन दुबैछोरा
उता
लास अनि कात्रो दुबै पर्खिरहेकाछन गिद्दहरु

यता
पर्खिरहेकाछन बुवा आमा
उता पर्खिरहेकाछन गिद्धहरु

यता उपचार खोजिरहेको छ कर्णाली
उता लास खोजिरहेको छ सिंहदरबार ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्