अदृश्य अन्धकारको प्रतिध्वनि

<span class='c1'>अदृश्य अन्धकारको</span> <span class='c2'>प्रतिध्वनि</span>

-सुरज दाहाल
प्रशंसाका अनगिन्ती शब्दहरू
उनका निम्ति झर्को लाग्ने गित बने
मैले बगाएका आँशुहरु
उनले जिन्दगीमा नसुनी चर्को लाग्ने संगीत बने
मनसुन अगाडिको वर्षातले
उनलाई अरु सुख्खा बनाएको छ
वसन्तको हरियालीले
उनलाई अरु कुरुप बनाएको छ
ग्रीष्मको कठोर आगमनले
उनको मनलाई थप बरफ बनाएको छ

सायद ,
बगिरहने नदीहरुले
उनलाई रोक्कीरहन सिकाउछन
ठडिरहेका पहाडहरुले
उनलाई छेकिरहन सिकाउछन
मलाई छोएर बहने हावाका झोकाहरुले
उनलाई भ्रामक दृश्य देखाउछन
आकाशका जुनहरुले

उनलाई अन्धकारको कथा सुनाउछन
कोहिलीका सुमधुर भाकाहरुले
उनलाई युगौका व्यथा सुनाउछन
सायद मेरा शब्दहरु अन्धकारको प्रतिध्वनि हुन
मेरै ह्रदयमा शान्तिको दियो जलाउछन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्