धमिलो पानी

धमिलो पानी

-द्वारिका नेउपाने
अत्तर सुगन्ध खोज्ने प्रयास
धुलो मैलो मेट्ने एक प्रयास
नाङिनु बाध्यकारि बनायेउ
जन्ता सिस्नो पानी मा
तिमिले खर्वौ को महल ठध्यायेउ

हासि हासि बिदामा गये जस्तो
उच्च शिक्षा मा पद्यबि पाये जस्तो
हाइ हाइ र बाइ बाइ
कथित तिमि लाज पचेको बेस्या जस्तो

हामि नि उस्तै
तिमिले बेच्दा पनि बेचिने
पैसाको मोह जाल मा रमिने
खै को उस्तो कि हामि उस्तो

अझै पनि अत्तर सुगन्ध खोज्दैछौ?

झोला बोकि तरकारि किने जस्तो
मान्छे बेच्न तल्लिन छौ
उ हास्छ आलो रगतमा
हामी बेचिन तयार छौ

चेत कहिले आउने?

बाजे बराजुको उखान सुनेकै छौ
कानमा रुवा कोचेकै छौ
हाडिमा मकै भुटेको बिर्सेर
नारा लगाउन जानेकै छौ

सोच कहिले फिर्ने?

फेरि पनि उसैको पछाडी ?
कहाँ सम्म अनि कहिके सम्म
रनभुल्ल हुन्छौ
स्वाभिमान बेच्ने कहाँ सम्म

छोरो को कसम खाने
नारिको अस्मिता बेच्ने
भो छोडेर जानु छ
जन जन तिम्रो रमिता हेर्ने
छि थुक्न मन छ
प्रायोजित भन्न मन छ

माटो बिर्सेको मान्छे

अत्तर सुगन्धको खोजीमा
कहिले सम्म?के को रोजीमा
सिमा बेचेदा पनि चुप
अर्थ तिम्रो गोजिमा

खोइ के पढेर
खै के सिकेर
के जानेउ
के बुझेउ

आजभोलि उ अत्तर होइन
अत्तर मिसियेको सुन खोज्दैछ
आज भोलि उ अत्तर होइन
अत्तर मिसियेको सुन खोज्दैछ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्