झापाबाट प्रतिबन्धित लागुऔषध सहित ३ जना पक्राउ

झापाबाट प्रतिबन्धित लागुऔषध सहित ३ जना पक्राउ

झापा । झापाको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित ३ जना पक्राउ परेका छन् ।

शनिबार बिहान ११ बजे भद्रपुर नगरपालिका-८ भद्रपुर बिमान स्थलमा खटिएको सुरक्षा टोलीले चेकजाँचको क्रममा यति एयरको जहाजद्वारा काठमाडौँ जान लागेकी कमल गाउँपालिका-७ झापा घर भई काठमाडौँ बस्दै आएकी २६ बर्षीया एन्जल राईले भित्रि बस्त्रमा लुकाई राखेको १५ ग्राम २ सय १० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

यसैगरी इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-६ मेचीपुलबाट बुद्धशान्ती गाउँपालिका-१ का २२ बर्षीय समिर दर्जी, मेचीनगर-१ का २१ बर्षीय दिपेश कुमार राजबंशीलाई १ ग्राम ब्राउन सुगर सहित प्रहरीले पक्राउ गरेको हो ।

प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका उनीहरुको घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्