रास्वपाको जिल्ला सम्पर्क ताप्लेजुङको उद्धघाटन

रास्वपाको जिल्ला सम्पर्क ताप्लेजुङको उद्धघाटन

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला सम्पर्क पार्टी कार्यालयको उद्धघाटन भएको छ ।

आईतबार ताप्लेजुङ जिल्लाको फुङलिङ बजारस्थित तोक्मे डाँडामा सम्पर्क पार्टी कार्यालयको उद्धघाटन भएको हो । कार्यालयको उद्धघाटन केन्द्रिय महामन्त्री डा. मुकुल ढकालले गरेका थिए ।


कार्यालयको उद्धघाटन कार्यक्रमपछी फुङलिङ बजार परिक्रमा गरिएको रास्वपा कोशी प्रदेश समिति सदस्य तथा अभियान तथा प्रचार प्रसार विभाग प्रमुख क्षितिज गौतमले जानकारी दिए ।

उक्त उद्धघाटन कार्यक्रममा केन्द्रिय अनुशासन समिति सदस्य यज्ञमणि न्यौपाने,केन्द्रिय प्रशिक्षण विभाग समिति सदस्य कमल सुवेदी, कोशी प्रदेशका सभापति राजेश तिम्सिना प्रदेश महामन्त्री लालबिक्रम थापा, प्रदेश प्रवक्ता कमलबाबु मैनाली साथै पार्टीको सदस्यहरुको उपस्थितिमा रहेको थियो।

उद्धघाटन कार्यक्रमपछी छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो। उक्त छलफल कार्यक्रममा तीन सय जनाको सहभागीता रहेको अभियान तथा प्रचार प्रसार विभाग प्रमुख गौतमले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्