विराटनगरमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु

विराटनगरमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु

विराटनगर । विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएका छ ।

आइतबार राति करिब साढे ११ बजे विराटनगर–७ स्थित सरस्वती मन्दिर अगाडी बा ७६ प ७८४६ नम्बरको मोटरसाइकल अनियन्त्रीत भई दुर्घटना हुँदा कटहरी गाँउपालिका २ बस्ने २७ वर्षीय सागर भगतको मृत्यु भएको हो ।

मोटरसाईकल अनियन्त्रित भई स्थानीय दयाराम सिलवालको घरको कम्पाउण्ड वालमा ठोक्किदा भगत घाईते भएका थिए।

मोटरसाईकल चालक भगतको उपचारको क्रममा रेड प्लस अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

घटना बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्