एकदिवसीय विश्वकप छनोटका लागि नेपाली प्रारम्भिक टोलीको घोषणा

<span class='c1'>एकदिवसीय विश्वकप छनोटका लागि</span> <span class='c2'>नेपाली प्रारम्भिक टोलीको घोषणा</span>

काठमाडौँ ।  नेपाल क्रिकेट सङ्घ (क्यान) ले जिम्बावेमा आयोजना हुने आइसिसी एकदिवसीय विश्वकप छनोटका लागि प्रारम्भिक नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ ।

क्यानले आज २२ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको हो । छनोट हुने खेलाडीमा कप्तान रोहितकुमार पौडेलसहित कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी र करण केसी छन् ।

त्यसैगरी सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी, अर्जुन साउद, सन्दीप जोरा, देव खनाल, किशोर महतो, सूर्य तामाङ, कमल सिंह ऐरी, श्याम ढकाल र कुशल मल्ल रहेका छन् ।

जिम्बावेमा आगामी जुन जुलाईमा आयोजना हुने विश्वकप छनोटमा चार टेस्ट राष्ट्रसहित १० टोलीको सहभागिता रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्