काभा महिला भलिबल च्यालेन्ज : नेपालले किर्गिस्तानलाई हरायो

काभा महिला भलिबल च्यालेन्ज : नेपालले किर्गिस्तानलाई हरायो

काठमाडौँ । राजधानीमा आजदेखि सुरु भएको काभा महिला भलिबल च्यालेन्ज कपमा नेपालले कीर्गिस्तानलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ ।

त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलामा आज भएको खेलमा नेपालले किर्गिस्तानलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । नेपालले किर्गिस्तानाई पहिलो सेट २५–११ दोस्रो सेट २५–१९ र तेस्रो सेट २५–११ ले पराजित ग¥यो ।

यस जितसँगै नेपालले ३ अङ्क जोडेको छ । नेपालले आफ्नो दोस्रो खेल भोलि बङ्गलादेशसँग दिउँसो ३ बजे खेल्नेछ ।

सोही स्थानमा आजै भएको अर्को खेलमा भारतले बङ्गलादेशमाथि ३–० को सोझो सेटमा जित निकालेको छ । भारतले बङ्गलादेशलाई २५–३, २५–९ र २५–६ ले हरायो । यस जितसँगै भारतले ३ अङ्क जोड्यो । उक्त प्रतियोगितामा विभिन्न आठ राष्ट्रको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्