जसपाको संसदीय दलको नेतामा अध्यक्ष यादव चयन

जसपाको संसदीय दलको नेतामा अध्यक्ष यादव चयन

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को संसदीय दलको नेतामा पार्टी अध्यक्ष उपेन्द्र यादव सर्वसम्मत चयन हुनुभएको छ ।

जसपा संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको निर्वाचन समितिको बैठकमा संसदीय दलको नेतामा यादवको नाम दलको नेतामा सर्वसम्मत घोषणा भएको सो पार्टीका कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार जसपा केन्द्रीय कार्यकारिणी समितिले संसदीय दलको नेता चयनका लागि तीन सदस्यीय निर्वाचन समिति गठन गरेको थियो । मिथिलेस सिंहको नेतृत्वमा रहेको समितिमा दीपेन्द्र झा र अर्जुन थापा सदस्य रहनुभएको थियो । सोही समितिले सोमबार जसपा संसदीय दलको कार्यालयमा निर्वाचनसम्बन्धी बैठक बोलाएर उक्त बैठकले सर्वसम्मतिबाट अध्यक्ष यादवलाई दलको नेता चयन गरेको सो पार्टीले जनाएको छ ।

संसदीय दलको नेता चयन हुनुभएका यादव गएको वैशाख १० गते भएको उपनिर्वाचनमा बारा–२ बाट सङ्घीय सांसदमा निर्वाचित हुनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्