सत्तापक्षलाई आरोप-प्रत्यारोपमा नउत्रन सांसद बाँस्कोटाको आग्रह

सत्तापक्षलाई आरोप-प्रत्यारोपमा नउत्रन सांसद बाँस्कोटाको आग्रह

काठमाडौँ । नेकपा (एमाले)का सांसद गोकुलप्रसाद बाँस्कोटाले नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सत्तापक्षलाई आरोप-प्रत्यारोपमा नउत्रन आग्रह गर्नुभएको छ।

प्रतिनिधिसभाको आजको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उहाँले सत्तापक्षले यसलाई गहनतापूर्वक लिनुपर्नेमा आरोप-प्रत्यारोप र विपक्षीलाई तेजोबध गर्न उत्रिएकामा चिन्ता व्यक्त गर्नुभयो ।

सांसद बाँस्कोटाले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन हालसम्मका सरकारले के-के गरे ? के एमाले बाधक हो ? भन्दै यसवर्ष किसानले मल पाउन लाइन लाग्न नपरोस् भन्ने आग्रह गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्