स्थानीय पाठ्यपुस्तक ‘हामी र हाम्रो सुन्दरहरैँचा’ सार्वजनिक

स्थानीय पाठ्यपुस्तक ‘हामी र हाम्रो सुन्दरहरैँचा’ सार्वजनिक

मणिराम दाहाल
सुन्दरहरैँचा । माेरङकाे सुन्दरहरैँचा १० स्थित सुकुना माविमा स्थानीय पाठ्यपुस्तक सार्वजनिकीकरण तथा वितरण कार्यक्रम सम्पन्न भएको छ ।

नगर शिक्षा युवा तथा खेलकुद शाखाकाे प्रकाशनमा तयार पारिएकाे 'हामी र हाम्रो सुन्दरहरैँचा' पुस्तक सार्वजनिक भएको हाे । पुस्तककाे सार्वजनिक कार्यक्रम नगर प्रमुख केदारप्रसाद गुरागाइकाे प्रमुख अतिथिमा भएको थिए । नगर प्रमुख गुरागाइले नगरपालिकाकाे पहलमा शिक्षा शाखाद्वारा प्रकाशन भएको पुस्तक 'हामी र हाम्रो सुन्दरहरैँचा' महत्त्वपूर्ण भएकोले यसबाट सकारात्मक कुरा सिकेर व्यवहारमा लागु गरि अघि बढन जरूरी रहेको उल्लेख गरे । उनले पहिलाे प्रयास भएकोले पुस्तक भित्र केही कमि कमजोरी देखिएको हुँदा तेसलाइ सुधार गरेर अघि बढ्न जरूरी रहेको उल्लेख गरे ।

सुन्दरहरैंचा स्थानीय पाठ्यक्रम तथा 'हामी र हाम्रो सुन्दरहरैँचा' नामको पाठ्यपुस्तक लेखन तथा सम्पादक गरे वापत पुस्तक विमोचन कार्यक्रममा विभिन्न व्याक्तित्वहरूलाइ सम्मानपत्रका साथमा विशेष सम्मान गरेको थियाे । सम्मानित हुनेहरूमा पुस्तकका सम्पादक साथै सहप्राध्यापक गणेशप्रसाद दाहाल , सम्पादक भाेजराज घिमिरे , यमबहादुर थापा , सूर्यबहादुर बस्नेत , डा. ईश्वरकुमार राई साथै भाषा सम्पादकमा डा. दीपकप्रसाद न्याैपाने , अनुप भट्टराई तथा वासुदेव अधिकारी रहेका छन् ।

सुन्दरहरैँचा नगरपालिकाले १ सय १६ पेजकाे स्थानीय पाठ्यपुस्तक निर्माण गरेकाेले अब सबै विद्यालयहरूमा पढनपाठन सुरू गर्ने भएको छ । 'हामी र हाम्रो सुन्दरहरैँचा' पाठ्यपुस्तकभित्र सुन्दरहरैँचा नगरको भूगोल, भाषा, कला, वेशभूषा, जातजाति आदि विषयवस्तु समेटिएको छ । यसको मूल उद्देश्य स्थानीयतासँग साक्षत्कार गराइ ज्ञान र व्यवहारिक सिपकाे माध्यमबाट स्वावलम्बी नागरिक निर्माण गर्नु रहेको उल्लेख गरिएको छ ।

पुस्तक विमाेचनमा स्थानीय समाजसेवी देवेन्द्रकुमार मास्के , सुकुना माविका प्रअ नारायणप्रसाद गाैतम लगायतले बाेलेका थिए। नगर प्रवक्ता राेशनप्रसाद ढकालले स्वागत मन्तव्य व्यक्त गरेकाे कार्यक्रम नगर प्रमुखका सचिवालय कर्मचारी सिजन श्रेष्ठकाे सञ्चालनमा भएको थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्