ताप्लेजुङमा सवारी दुर्घटना हुँदा बालकको मृत्यु

ताप्लेजुङमा सवारी दुर्घटना हुँदा बालकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा भएको सवारी दुर्घटनामा परी पाँच वर्षीय बालकको मृत्यु भएको छ ।

आज बिहान भएको मे १ च ७३५३ नं को स्कर्पियो दुर्घटनामा परी फुङलिङ नगरपालिका–६ का सागर गुरुङका पाँच वर्षीय छोरा अंशुमन गुरुङको मृत्यु भएको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक राजन गुरुङले जानकारी दिनुभयो ।

सवारी चालक फुङलिङ–६ का कृष्णमान गुरुङ भने घाइते हुनुभएको छ । उहाँको अहिले जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको प्रहरी प्रमुख गुरुङले बताउनुभयो ।

दुर्घटनामा घाइते हुनुभएका अंशुमानलाई जिल्ला अस्पताल पु¥याउनासाथ स्वास्थ्यकर्मीले मृत घोषणा गरेका थिए । गाडी अनियन्त्रित भई पल्टिएको हुनसक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्