यसरी हुर्कदैछ विराटमा ७०० ग्राम वजनमा जन्माइएको ‘एक्सट्रिम प्रिटम बेबी’

यसरी हुर्कदैछ विराटमा ७०० ग्राम वजनमा जन्माइएको ‘एक्सट्रिम प्रिटम बेबी’

विराटनगर । सुनसरी धरान उपमहानगरपालिका १६ निवासी पवित्रा खड्का गत बैशाख २१ गते विराटनगर अस्पताल (बिराट नर्सिङ) आईन् । उनी २६ हप्ताको गर्भवती थिईन् । विपी कोईराला स्वास्थ विज्ञान प्रतिष्ठानमा नियमित चेपअप गरिरहकी उनको पाठेघरमा पानी कम भयो । त्यो भन्दा जटिल स्थिति थियो–सालमा देखिएको समस्याले आमाले खाएको खाने कुरा शिशुले लिन नसक्दा बृद्विविकास रोकिनु ।

गाईनेकोलोजिस्ट डाक्टर मोना प्रियदर्शनीका अनुसार पवित्राको गर्भवती अवधि महिनावारीका हिसाबले २९ हप्ता भएको थियो । भिडियो एक्स–रे मा भने २६ हप्ता देखिन्थ्यो । बच्चाको तौल ७०० ग्राम मात्रै रहेकाले समस्या थियो । यस्तो अवस्थालाई आईयुजिआर (इन्ट्रा–युरेटाईन ग्रोथ रिटार्डेशन) भनिन्छ । डाक्टरका अनुसार आमाको स्वास्थ ठिकठाक भएपनि पेटमा शिशुको विकास हुन सकेन । यो अवस्थालाई आइडियोप्याथी भनिन्छ, डाक्टर प्रियदर्शनीले भनिन्य–किन यहि समस्या ह‍ो भन्न सकिदैन तर खासमा आमा र शिशुलाई ज‍ोड्ने सालले राम्रो काम नगर्दा खाना आदनप्रदान हुदैन । जसको कारण गर्भमा शिशुको बृद्विविकास रोकिन पुग्छ ।

अस्पतालले चिकित्सकको परामर्शमा आएकी पवित्रालाई निराश बनाउन सक्दैन थियो । तर, केश गाइनेकोलोजिस्टसँग मात्रै सम्बन्धित नभएपछि पेडियाट्रिक र नियोनेटालोजिस्टको टिम तयार हुनपर्दथ्यो । बिराटमा भएको विशेषज्ञ चिकित्सकको टिमले ७०० ग्राम वजन भएको एक्सट्रिम प्रिटम बेबी जन्माउने र उसको जीवनलाई गुणस्तरीय ग्रोथ गराउने निष्कर्ष निकाल्यो । गर्भमा भएको शिशुको फोक्सोले श्वास लिने र फाल्ने अवस्थालाई मजबुत बनाउनका लागि सर्फ्याटिन प्रोटिनको प्रयोग बढाईयो ।

बिराटमा फोर लेभलको एनआईसियु थियो र नियोनेटालोजिस्ट डाक्टर दिपराज उपाध्याय अधिकारी । गाइनेबाट जन्म दिएको प्रिटम बेबीलाई कसरी सुरक्षा दिने योजना बनेपछि बैशाख २३ गते पवित्रालाई प्रसुती गराईएको थियो । सुरक्षित प्रसुतीपछि शिशुलाई भेन्टिलेटरमा राख्न जोमिख थियो । नियोनेटालोजिस्ट अधिकारीका अनुसार सि–पाप (कन्टिन्यु पोजेटिभ एयरवे प्रेसर) विधि प्रयोग गरियो । जसले शिशुलाई आवश्यक पर्ने अक्सिजन सप्लाई गर्दथ्यो । यो मेथडले शिशुको शरीरका अंगमा असर नगर्ने चिकित्सक बताउँछन् । यदि भेन्टिलेटरमा राख्नु परेको भए शिशुको आँखामा समस्या आउन सक्दथ्यो ।

विराटको एनआईसीयु कक्षमा शिशुलाई ३४ हप्तासम्म यसरी नै राखिनेछ । अहिले आफै अक्सिजन लिन सक्ने भएकोले आमाको गर्भमा हुदाँ १ केजी ४०० ग्राम वजन बराबर भएपछि डिस्चार्ज गरिने छ ।
चिकित्सकले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेर नवजात शिशुको उपचारमा कुनै समस्या आउन नदिने बताएका छन् । जन्माएको दुई हप्ता पुग्दा आँखा तथा कानमा समेत कुनै असर देखिएको छैन । सबै शारीरिक विकास ट्रयाकमा रहेको दाबी छ ।

सामान्यतः ३७ देखि ४० हप्तामा शिशु जन्मनुलाई समय पुगेको मानिन्छ । ३५ देखि ३७ हप्तामा लेस प्रिटम भनिन्छ । यो अवधिमा शिशुको वजन नर्मल भए यसलाई नराम्रो मानिने छैन । तर एककेजी भन्दा कम वजन भएका शिशु जन्मनुलाई अत्याधिक कम तौल मानिन्छ ।
विराटमा अहिले आमा पवित्राले आफ्नो पहिलो सन्तानलाई छातिमा टँसाएर बस्छिन् । यसलाई कङ्गारु मदर लभ भनिन्छ । दैनिक चार घण्टा पवित्राले यसरी खुशी साट्ने गरिरहेकी छिन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्