गोठमा भैंसी, क्यारेटमा मदर कल्चर

गोठमा भैंसी, क्यारेटमा मदर कल्चर

सुजता लिम्बू
विराटनगर । मोरङ, बुढीगंगा–१ का राजुकुमार खड्का एक दशकदेखि प्राङ्गगरिक (कम्पोष्ट) मल बनाउँदै आइरहेका छन् ।
भैँसीको गोबरलाई सदुपयोग गरेर कम्पोष्ट मल बनाउँदै आएका उनी यही व्यवसायमा भविष्य खोजिरहेका छन् ।

यसअघि पशुपालन व्यवसाय गरेर घाटा बेहोर्नुपरेको उनले अहिले मल उत्पादन व्यवसायले धेरै राहत पुगेको सुनाउछन् । गोठमा उनले आधा दर्जन बढी भैँसी पालेका छन् । त्यही भैंसीको गोबर उनको आम्दानीनको मुख्य स्रोत बनेको छ । बिहान उठेदेखि गोठ र भैँसीको गाबेरसँग रमाउने उनले गत वर्ष ८० टन प्राङ्गारिक मल उत्पादन गरेका थिए ।

हिजो शून्यबाट सुरु गरेका उनले सानो ठाँउमा क्यारेटको माध्यमबाट मल उत्पादन गर्न सकिने बताउछन् । ‘अरुको मल उत्पादन गर्ने फाम ठूलो छ, तर मैले सामान्य ढंगले नै काम सुरु गरेको छु,’ उनले भने,‘ क्यारेट प्रयोग गर्दा सानो ठाँउमा पनि धेरै मल उत्पादन गर्न सकिन्छ ।’ गोबरमा मदरकल्चर (गड्यौला) प्रयोग गरेर कम्पोष्ट मल उत्पादन गर्ने गरेका उनले दुध, मल तथा कृषि उत्पादनको आम्दानीबाट झण्डै डेढ करोडको जग्गा भर्खरै खरिद गरेको समेत बताए ।

‘हिजो म शून्यमा थिएँ मेरो केही थिएन, परिवार कसरी पाल्ने भन्ने थियो तर अहिले यही व्यवसायले मैले जग्गाजमिन जोडको छु’ उनले भने । उनले मल मात्रै बिक्री गर्दैनन् मदरकल्चर (गड्यौला) समेत कोशी प्रदेशको विभिन्न जिल्लाहरुका बिक्री वितरण गर्दै आइरहेको बताए ।
उनले कुनै समय २ सय, ३ सय रुपैयाँ प्रतिट्याक्टर बिक्री गर्दै आएको मल अहिले कम्पोष्टमा प्रशोधन गराएर ६० हजार रुपैयाँसम्ममा बिक्री गर्दै आएका छन् । २०७० सालदेखि मल उत्पादन गर्न थालेको उनले कृषि सहकारी संस्थाबाट मदर कल्चर (गड्यौला) ल्याएर मल बनाउन सुरु गरेको उनले बताए ।

एक किलो प्राङ्गारिक मलमा १६ वटा तत्व हुने परीक्षणले देखाएको उनी बताउछन् । त्यसो त रसायनिक मललाई कृषकले बढी प्राथमिकतामा राख्ने र कम्पोष्ट मललाई बुझ्ने कृषक कम मात्रै भएको बताउने उनी यसलाई सरकारले पनि प्राथमिकतामा राख्न जरुरी रहेको बाताउँछन् । त्यसो त मल उत्पादन गर्नेमा उनीमात्रै नभएर संस्थागत रुपमै ६ जना पुगेका छन् । गोबरबाट लाभदायक मल उत्पादन हुन्छ भन्ने पत्तो नुहँदा मलको थुप्रो कता टुंगो लगाउने भन्ने पिरलो हुन्थ्यो भने अहिले त्यो समस्या नभएको उनीहरु सुनाउछन् ।

यता, बुढीगंगा १ का गुणराज काफ्ले पनि दुई महिनादेखि मदर कल्चर (गडयौला) र गोबरबाट मल उत्पादन गर्न सुरु गरेका छन् । अन्य समय गोबर यसै खेर जाने हुँदा गोबरबाट आम्दानीको स्रोत राम्रो हुन्छ भने किन नगर्ने भन्ने सोचले मल उत्पादन सुरु गरेको उनी सुनाउछन् । केही वर्ष अगाडी पनि यो खालको व्यवसाय नअपनाएको होइन उनले तर प्राविधिक कठिनाइले घाटा बेहोरेको बताउने उनी अहिले राजु खड्कासँगको सल्लाह र सुझावले सुरु गरेको बताउछन् । वैदेशिक रोजगारीबाट नेपाल फर्किएका बुढीगंगा १ का गुरुदेव कटुवाल आफ्नै देशमा केही गरौँ भन्ने सोचले गाइपालनमा लागेका छन् । उनी एक महिनादेखि कम्पोष्ट मल उत्पादनमा हात हालेका छन् । सामाजिक संगठन मोरङमा आवद्ध सदस्यहरुको सल्लाह अनुसार मल उत्पादन व्यवसाय रोजेका उनी बताउछन् ।

‘मैले त भर्खरै देखि सुरु गरेको, धेरै वर्ष विदेश बसे अब नेपालमा नै केही गरौँ भनेर पशुपालन व्यवसाय गरे गोबर यतिकै खेर जान्थ्यो,’ उनी सुनाउछन्,‘ सामाजिक संगठन मोरङमा आवद्ध साथिहरुसँग सल्लाह लिए त्यसपछि अहिले गोबर पनि व्यवास्थित भएको छ ।’
यो वर्षमात्रै राजु खड्काको पहलमा मोरङ सामाजिक संगठन दर्ता भएको छ । संस्थामा आवद्ध ५१ जना किसान मध्ये ६ जना किसानले प्राङ्गारिक मल उत्पादन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्