पुनः नामाकरण संघर्ष समितिद्धारा पहिचानको लागि युवा घोषणा

पुनः नामाकरण संघर्ष समितिद्धारा पहिचानको लागि युवा घोषणा

विराटनगर । पुनः नामाकरण संघर्ष समितिले पहिचानको लागि युवा घोषणा गरेको छ ।

आज (शुक्रबार) विराटनगरस्थित संगम पार्टी प्यालेसमा एक कार्यक्रमको आयोजना गर्दै संघर्ष समितिले पहिचानको लागि युवा घोषणा गरेको हो । फागुन १७ गते प्रदेश १ ले कोशी नाम पाएसँगै प्रदेशको नाम पहिचानको आधारमा राखिनुपर्ने माग राख्दै सडक आन्दोलनमा छन् ।

आन्दोलनको क्रममा चैत्र ५ गते विराटनगरमा भएको प्रर्दशनमा घाइते भएको लिम्बूको १० गते उपचारको क्रममा मृत्यु भएको थियो । लिम्बूलाई सरकारले सहिद घोषणा समेत गरिसकेको छ ।

सोही दिनको शोकलाई शक्तिमा बदलेर आन्दोलन अगाडी बढाउन पहिचानको लागि युवा घोषणा गरिएको किराँत राई यायोख्खाको भीम राईले बताए।

पहिचानसहितको नाम माग गर्दा प्रशासनले दु:ख दिएको बताउदै उनले यसमा कति पनि विचलित नभई लक्ष्य प्राप्ति नभएसम्म अगाडी बढ्ने र रचनात्मक ढंगले आन्दोलनलाई व्यवस्थित गर्ने उदेश्यका साथ पहिचानको लागि युवा घोषणा गरेको उनको भनाई थियो ।
उनका अनुसार अनुशासित किराँत राई यायोख्खाको नेतृत्वमा किराँत फोर्स, संजुहाङ पालुङ्वा नेतृत्वमा काङसोरे फोर्स साथै कुमार लिङ्देन नेतृत्वमा एलभि फोर्स रहेको छ ।

किराँत याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम याक्तेङले प्रदेशको नाम भने जस्तो नभएसम्म जारी रहने बताए । विद्रोहलाई निस्कर्षमा पुर्‍याउन समेत पहिचानका लागि आवश्यक रहेको बताउदै उनले दुई महिनाभन्दा बढी लड्दा पनि प्रदेश सरकार मौन रहेको बताए ।

शान्तिपूर्ण आन्दोलन गर्दा राज्यपक्षबाट अश्रुग्यास प्रहार गर्ने, आन्दोलनकारी विरुद्ध आइलाग्ने जस्ता कार्यभएको बताउदै उनले शान्तिपूर्ण ढंगले जवाफ दिन पहिचानको लागि युवा घोषणा जारी गरेको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्