बेलबारीमा ७ वटा सामुदायिक वनकाे अनुगमन तथा अन्तरक्रिया

बेलबारीमा ७ वटा सामुदायिक वनकाे अनुगमन तथा अन्तरक्रिया

मणिराम दाहाल
सुन्दरहरैँचा । माेरङकाे बेलबारीमा पत्रकार तथा नागरिकसँग अन्तरक्रियाका साथै सव डिभिजन बेलबारी अन्तर्गत ७ वटा सामुदायिक वनकाे अनुगमन गरिएकाे छ ।

कार्यक्रम सव डिभिजन वन कार्यालय बेलबारी अन्तर्गतका सामुदायिक वन उपभोक्ता समूहकाे आयाेजनामा भएको थियाे । कार्यक्रममा सामुदायिक वनले गरेकाे गतिविधिकाे बारेमा अनुगमन गरि अन्तरक्रिया गरिएको थियाे । अनुगमनमा नक्साल सामुदायिक वन , अमना सिसाैली सामुदायिक वन , बेतना सिमसार सामुदायिक वन , देवीथान , सिंहदेवी सामुदायिक वन लगायतले गरेका काम ,आवश्यकता र महत्त्व बारे प्रकाश पारिएको थियाे ।

वनकाे अनुगमन तथा अन्तरक्रियामा सामुदायिक वनका अध्यक्ष डम्बरबहादुर वस्नेत, लिलाप्रसाद आचार्य ,चन्द्रकला मगर , माेहन पाैडेल लगायतले आ-आफ्नाे धारणा तथा आवश्यकता बारे विचार व्यक्त गरेका थिए । अनुगमनमा वनका अध्यक्षहरूले सामुदायिक वनमा भवनकाे अभाव भएको उल्लेख गरेका थिए । उनिहरूले वनमा हुने गरेकाे चाेरी निकासीलाई नियन्त्रणमा लागेकाे भए पनि वन अहिले आफैमा विविध समस्याका कारण सक्रिय नभएको उल्लेख भन्दै कमि कमजोरीकाे सुधार गरेर अघि बढ्ने लगायतका धारणा राखेका थिए ।

कार्यक्रममा सब डिभिजन वन कार्यालय बेलबारीका प्रमुख दिपेशकुमार मिश्रले सामुदायिक वनले गरेका कार्य र अवस्था बारे जानकारी गराइएका थिए । उनले सामुदायिक वन बढी अतिक्रमणमा पर्ने गरेको उल्लेख गरे। मिश्रले केन्द्रबाट वन अतिक्रमणका लागि सहयाेग पुयाउँने तथा यता भने राेक लगाउँने समस्याले गर्दा अप्ठ्यारो भएको बताए । 'सामुदायिक वनमा चाेरी ,सिकारी भएको छ' मिश्रले भने । उनका अनुसार जम्मा १ लाख १० हजार बिरूवा उत्पादन भएको साथै असार देखि वितरण हुने उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्