मसंग तिम्रा लागि के के छन्

<span class='c1'>मसंग तिम्रा लागि</span> <span class='c2'>के के छन्</span>

मसंग तिम्रा लागि के के छन्
भन अब
मेरा लागि तिमीसंग के के छन् ?

म भनूँ तिमीलाई ?
कि, म संग तिम्रा लागि के के छन् ।

तिमीले प्रतीक्षा गरेका चौक,
हात समाएर मध्यरातमा हिडेँका निर्जन सडकहरु
जहाँ तिम्रा प्रतिच्छाँयाहरु छन् ।

वर्षौ पहिले सँगै रुझेको झरी छ मसँगै ।
असारले काटेको नदि किनार
र हाइकिङ गरेका महाभारत लेकका सुन्दर चुचुराहरु छन ।

संसारलाई हजार पटक फन्को लाउन पुग्ने
यादहरुको रिवन छ ।
तिम्रा लागि सात समुद्र अटाउन सक्ने भएर
शून्य शून्य बनेको यो हृदय छ ।

हामीले साटेका किताबहरु ।
उपहारहरु ।
म्यासेजका स्क्रिन सट र संगै खिचेका तस्वीरहरु छन् ।

वर्षौदेखी डायल नभएको एउटा नम्बर
सेन्ड नभएका केही म्यासेज
र तिम्रो जन्मदिनमा लेखेर पठाउन नसकेको
एउटा मार्मिक पत्र छ ।

युटुवमा तिम्रा दृश्यहरु छन्
तिमीले बेचिसकेको स्कुटरको नम्बर
र तिम्रो जन्म मिति मलाई याद छ

अझै भनुँ
तिम्रा लागि म संग के के छन……….

तर अपशोस
मेरा लागि तिमी छैनौ
र तिम्रो लागि म छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्