विदेशमा गैरकानूनी हैसियतमा रहेका नेपालीलाई कानूनी वैधता दिन पहल गरिने

<span class='c1'>विदेशमा गैरकानूनी हैसियतमा रहेका नेपालीलाई</span> <span class='c2'>कानूनी वैधता दिन पहल गरिने</span>

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले सरकार वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने प्रयासमा रहेको बताउनुभएको छ ।

प्रवासी नेपाली समन्वय समितिको साझेदारीमा श्रम रोजगार पत्रकार समूहले स्थापना गरेको ‘श्रम रोजगार पत्रकारिता पुरस्कार–२०७९’ हस्तान्तरण समारोहलाई शुक्रबार सम्बोधन गर्दै उहाँले वैदेशिक रोजगारीलाई मर्यादित, सम्मानित र सुरक्षित गर्ने सरकारको लक्ष्य रहेको बताउनुभयो ।

“खुला अर्थतन्त्र र विश्वव्यापीकरणको अहिलेको सन्दर्भमा श्रम बजारको ‘मुभमेन्ट’ लाई व्यवस्थित बनाउनुपर्छ”, उहाँले भन्नुभयो, “अहिलेको विश्वव्यापीकरणको फाइदा नेपालले पनि लिनुपर्छ, यसलाई अवसरका रूपमा लिँदै मुलुकलाई समृद्ध बनाउनुपर्छ ।”

मन्त्री भण्डारीले जुनसुकै माध्यमबाट विदेशमा पुगी गैरकानूनी अवस्थामा रहेका नेपाली नागरिकलाई एक पटकका लागि कानूनी वैधता दिने तयारी गरिएको बताउनुभयो । “विदेशमा अवैधानिकरूपमा रहेका, श्रम स्वीकृति नलिएका, श्रम स्वीकृतिको अवधि सकिएका सबै नेपालीलाई एक पटकका लागि सम्बन्धित मुलुकसँग समन्वय गरेर कानूनी वैधता दिने अभियान सञ्चालन गरिनेछ”, उहाँले भन्नुभयो ।

विश्व बजारमा रहेको रोजगारका सम्भावनालाई खुला गर्न सरकार लागि परेको उल्लेख गर्दै मन्त्री भण्डारीले भन्नुभयो, “कूटनीति सम्बन्ध स्थापना भएका सबै मुलुकमा रोजगारीको सम्भावना खुला गर्न सरकारले पहल जारी राखेको छ ।”

संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी)का अध्यक्ष विनोद श्रेष्ठले श्रम क्षेत्रलाई व्यवस्थित बनाउनका लागि सरोकारवालाको सुझावलाई सरकारले प्राथमिकता दिनुपर्ने बताउनुभयो । “मन्त्रालय मातहतका निकायलाई कार्यकर्ता भर्ती केन्द्र नबनाउनुस्, सम्बन्धित क्षेत्रका विज्ञलाई प्राथमिकता दिनुहोस्”, उहाँले भन्नुभयो । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष राजेन्द्र भण्डारीले वैदेशिक रोजगार व्यवसायीले मुलुकको समृद्धिमा पु¥याएको योगदानको मूल्याङ्कन हुनुपर्ने बताउनुभयो ।

पाँच पत्रकार पुरस्कृत

कार्यक्रममा मन्त्री भण्डारीले श्रम आप्रवासनका क्षेत्रमा उत्कृष्ट समाचार सामग्री तयार गर्ने पाँच पत्रकारलाई पुरस्कार प्रदान गर्नुभएको थियो । उहाँले प्रथम पुरस्कार भूपराज बस्याल र तारा चापागाईं (अन्नपूर्ण पोष्ट), द्वितीय पुरस्कार मुना कुँवर (नयाँ पत्रिका) तथा तृतीय पुरस्कार पवन पाण्डे (द काठमाडौँ पोष्ट) र मेघराज सापकोटा (कान्तिपुर)लाई प्रदान गर्नुभयो ।

पुरस्कारको राशि जनही क्रमशः रु २० हजार, रु १५ हजार र रु १० हजार रहेको छ । समूहले प्रवासी नेपालीका क्षेत्रमा काम गर्दै आएको प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी)सँगको साझेदारीमा पुरस्कार प्रदान गरेको हो ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्