ताइवान फर्किएर पिङतान टापुमा

<span class='c1'>ताइवान फर्किएर</span> <span class='c2'>पिङतान टापुमा</span>

-विराट अनुपम
आकाशले खर्लप्पै आफ्नो रङ पोतेर होकि
फुजिआन ताइवान अलग्गिदा बनेको गहिरो निलडाम पोखिएर होकि
अथवा सागरका दुवै किनारका मेहेनती चिनियाँ हत्केलाहरुका निला ठेला चुहिएर हो

पूर्वी चीन सागर निलो छ
अत्यन्तै निलो छ

भूपरिवेष्ठित नेपालबाट पिङतान टापुमा आएर
म सागरलाई हेरिरहेको छु
टापुलाई बेरेर युगौबाट बसिरहेको सागरले
मलाई हेरिरहेको छ

एक हुल चराहरु ताइवानको आकाश हुँदै फुजिआन आइरहेका छन्
एक हुल चराहरु फुजिआनको आकाश हुँदै ताइवान गैरहेका छन्

समुद्र काखमा साउती मार्दै वायु पंखाहरुले सोधिरहेका छन्
ए फुजिआन ए ताइवान
यी चराहरु अलग भएर पनि सँगै छन्
तिमीहरु सँगै भएर पनि किन अलग छौं?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्