झापामा बसको ठक्करबाट बालिकाको मृत्यु

झापामा बसको ठक्करबाट बालिकाको मृत्यु

झापा । झापाको बुद्धशान्ती गाउँपालिका-४ लावरको भित्री सडक खण्डमा बसले पैदल यात्रीलाई ठक्कर दिंदा एक बालिकाको मृत्यु भएको छ।

शनिबार दिउँसो पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको ना ४ ख १३१३ नम्बरको बसले पैदल यात्री पाँचथरको हिलिहाङ घर भई झापा बुद्धशान्ती -४ मा बस्दै आएकी आशिष तामाङको ८ बर्षीया छोरी सोमिया तामाङलाई ठक्कर दिंदा घाईते भएकी बालिकाको उपचारको क्रममा झापाको बि.एण्ड.सी. अस्पताल बिर्तामोडमा मृत्यु भएको थियो।

ठक्कर दिने बस तथा चालकलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्