विराटनगर । मन्जुश्री फाइनान्स लिमिटेड विराटनगर शाखाले रक्तदान कार्यक्रम गर्ने भएको छ।
जेष्ठ १५ गते गणतन्त्र दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रम गर्ने भएको हो।
सोमबार बिहान १० बजे महेन्द्र चोक,फाइनान्सको प्राङ्गणमा रक्तदान कार्यक्रम हुने भएको हो ।
भोलि हुने रक्तदान कार्यक्रमलाई सफल बनाउनका लागि ईच्छुक सबैले रक्तदान गरि सहयोग गर्न मन्जुश्री फाइनान्स लिमिटेड विराटनगर शाखाले आग्रह गरेको छ ।
फोटो:फाइल