सुष्मा गाेदावरी कलेज इटहरीमा एआइ बुटक्याम्प 

सुष्मा गाेदावरी कलेज इटहरीमा एआइ बुटक्याम्प 

इटहरीस्थित सुष्मा गोदावरी कलेजमा एआइ बुटक्याम्पको पहिलो दिनको सत्र सम्पन्न भएको छ । आज सोमबार र मंगलवार तय भएको कार्यक्रममा विद्यार्थीकाे डिजिटल  ज्ञान तथा सीप विकासका लागि कृत्रिम बुद्धिमताको आवश्यकताको विषयमा जानकारी गराइएको थियो ।

एआइको प्रयोग, बिद्यार्थीहरुमा एआइ प्रतिको जिज्ञासा र भबिष्यमा एआइका क्षेत्रको विकासको बारे कार्यक्रममा बिद्यार्थीहरुलाई बिभिन्न प्रयोगात्मक बिधिबाट जानकारी गराइएको छ।

काठमाडौंस्थित आइएनजी स्किल एकेडेमीसँगकाे सहकार्यमा उक्त कार्यक्रम संचालन भएको हो । नयाँ पुस्ताका लागि कृत्रिम बौद्धिकता सिकाइको एउटा अत्याधुनिक प्रविधि हो। यस्ता कार्यक्रमले बिद्यार्थीहरुमा नयाँ प्रबिधि बारेमा शिक्षा तथा सिकाइको लागि महत्वपूर्ण भूमिका खेल्ने कलेजले जनाएको छ । उक्त कार्यक्रम मंगलवार (जेष्ठ १६ गते) पनि कलेजमा संचालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्