भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका-१ को जोगीखेतमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

बुधवार दिउँसो नागथानबाट हर्का तर्फ जाँदै गरेको को. १ त ९०४२ नम्बरको ट्याक्टर ब्याक गर्ने क्रममा सडकबाट अन्दाजी १० मिटर तल खसेर दुर्घटना भई ट्याक्टरले चालकलाई किच्दा चालक हतुवागढी गाउँपालिका-६ का २२ बर्षीय बलराम बि.क.को घटनास्थलमा नै मृत्यु भएको थियो।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्